आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

2

 

काठमाडौं । काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने अर्घाखाँची घर भएका ४३ वर्षीय लक्ष्मण पौडेलले सञ्चालन गरेको लुम्बिनी खाजा घरमा बिहीबार दिउँसो आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-१ हिले बस्ने ७० वर्षीय गंगा बहादुर श्रेष्ठको गोठमा बिहीबार राति आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सुनसरी, हरिनगर गाउँपालिका-६ शान्ति नगर बस्ने २४ वर्षीय ताहिर साफीको घरमा बिहीबार दिउँसो आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here