आजबाट मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

20

काठमाडौं। नेपाल मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको छ । यसै अवसरमा नेपाल मगर संघले झाँकी र्‍याली  आयोजना गरेको हो ।

आज (शुक्रबार) भृकुटीमण्डपबाट सांस्कृतिक झाँकी र्‍याली सुरु भई पुतलीसडक हुँदै कार्यक्रम स्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुगेर उद्घाटन समारोहमा परिणत भएको छ। उत्घाटनसत्र प्रज्ञा प्रतिष्ठान हुने र बन्दसत्र नेपाल पुलिस क्लवमा हुने संघले जानकारी दिएको छ।

भूमे नाँच, कौरा, सालैजो, चुड्का सँगै मगर समुदायको सांस्कृतिक पहिचान झल्काउने विविध प्रस्तुति र्‍यालीको मुख्य आकर्षण रहेको छ । आज सुरु भएको महाधिवेशन १० गते सम्म हुने आयोजकले जनाएको छ । यस महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । यो महाधिवेशनमा मगर समुदायको भाषा, कला, संस्कार र पहिचान संरक्षणका विषयलाई पनि प्राथमिकताका साथ उठाउने संघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here