क्षमताभन्दा बढी यात्रुहरु जबरजस्ती बसमा चढेर डडेल्धुरामा दुर्घटना भएको खुलासा

180

डडेल्धुरा / बिहीबार साँझ डडेल्धुरामा भएको बस दुर्घटनामा १८ को ज्यान गएको छ । डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटना भएको हो । ४३ यात्रु सवार बस अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न जाने क्रममा दुर्घटनामा परेको थियो ।

ती मध्ये २ जनालाई यहाँबाट नेपालगञ्ज रिफर गरिएको छ। सेती अस्पतालमा उपचारमा रहेका ६ जनाको अवस्था खतरामुक्त रहेको चिकित्सकले जनाएका छन्।

 स्कुलका प्रिन्सिपल भीमबहादुर बलायर, उनकी श्रीमती सरिता र नाबालक छोरी समनीको अञ्चल अस्पतालको इमरजेन्सी वार्डमा उपचार भइरहेको छ। उनका अनुसार डिजल भर्न गाडी डडेल्धुरा ल्याएको थियो। डडेल्धुराको दह ब्यारेक नजिकको पेट्रोल पम्पमा डिजल भरेर फर्कँदा स्याउलेमा उग्रतार मेला हेरेर घर फर्कने गाँउलेहरु गाढीमा चडेका हुन्। ‘घर फर्कन साधन नपाएर बाटोमा सवारी कुरेर बसेका गाँउले यात्रुहरु हाम्रो गाडी देख्ने बित्तिकै जबरजस्ती हुल्लिए,’ उनले भने, ‘क्षमताभन्दा बढी नै थिए, यात्रुहरु।’

उनका अनुसार कम्तीमा ३२/३४ जना जति यात्रु थिए। छतमा भने यात्रु थिएनन्। उनले ओरालोमा ब्रेक फेल भएर दुर्घटनामा परको दाबी गरे। ‘चालक लोप महराले ब्रेक फेल भएपछि कन्ट्रोल गर्न सकेनन्,’ उनले भने।

चालक महरा पनि घाइते छन्। महरालाई नेपालगञ्ज रिफर गरिएको छ।सिलगढी नगरपालिका–८ देउकरका सहचालक महादेव रावत, सिलगढी–४ का संगिता विक र डडेल्धुरा गन्यापधुरा–३ का सुशील बोहराको अस्पतालमा भर्ना गरिएको छ।

३० वर्षीय भक्तबहादुर बलायर र १० वर्षीय नविन विकलाई नेपालगञ्ज रिफर गरेको सेती अञ्चल अस्पताल इमर्जेन्सी फाँट कृष्ण बोहराले सञ्चारमाध्यमलाई  जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here