सिआइबीलाई वन्यजन्तु अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय पुरस्कार

232

काठमाडौँ, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई वन्यजन्तु अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।

युनाइटेड नेशन इन्भाइरमेन्ट प्रोगामअन्तर्गत द युनाइटेड नेशन डेभलपमेन्ट प्रोग्राम युनाइटेड नेशन अफिस अन ड्रग एण्ड क्राइम, युएसआइडी, फ्रिल्याण्ड फाउण्डेशन, गर्भमेन्ट अफ स्वीडेन र नर्वेको सहयोग तथा साझेदारीमा निर्मित पुरस्कार केन्द्रीय अनुसन्धान ब्युरोलाई प्रदान गरिएको हो ।

पुरस्कार मङ्सिर ५ गते युनाइटेड नेशन कन्फरेन्स सेन्टर इन बैङ्ककमा ब्युरोका वातावरण तथा वन्यजन्तु अपराध नियन्त्रण एकाइका प्रहरी नायब उपरीक्षक अनुपम शमशेर जवराले ग्रहण गरेका थिए ।

एशियामा अन्तरदेशीय वातावरणीय अपराधका विरुद्धमा कार्य गर्ने सरकारी कार्यालय, सङ्घसंस्था, व्यक्ति र समूहलाई सार्वजनिकरुपमा पुरस्कृत गरिने उद्देश्यले तीन वर्षदेखि प्रदान गर्दै आएको उक्त पुरस्कार नेपाल, भारत, चीन, मलेसिया, भियतनाम थाइल्याण्ड कोरियालगायतका देशले विभिन्न विधामा ग्रहण गरेका हुन् ।

साइटिसले प्रतिबन्धित संरक्षित तथा लोपोन्मुख वन्यजन्तु जीवित चिम्पाञ्जी तथा बाँदर २०७४ मा नाइजेरियाबाट नेपालमा अवैधरुपमा पैठारी गरी ओसारपसार तथा खरिद बिक्रीमा सङ्गठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता देखिएकाले नेपालमा पहिलोपटक वन्यजन्तु अवराधमा सिआइबीले सङ्गठित अपराध निवारण ऐन, २०७० तथा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ अन्तर्गत अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here