प्रचण्डलाई खुकुरी आक्रमण गर्नुको कारण यस्तो !

107

चितवन / बिहीबार बिहान चितवनको कृष्ण चोकमा स्थानीयले पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुकुरी आक्रमण गरेका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर २३ स्थित कृष्णचोक नजिक मधुपुरीमाबिहिबार बिहान ९ बजेतिर आयोजित स्थानीय पार्टी प्रवेश गर्ने कार्यक्रम चलिरहेको बेला आक्रोशित स्थानीयले प्रचण्डमाथि आक्रमण गर्न खुँडा बोकेर मञ्चतर्फ अघि बढेका थिए । खुकुरीसहित पुगेका स्थानीयले उनलाई ‘मार्ने’ धम्की दिएका छन् ।

तर सुरक्षार्थ खटिएका सुरक्षा टोलीले उनलाई आक्रमण हुनबाट जोगाएका छन् ।

गत उक्त कार्यक्रममा प्रचण्ड उपस्थित भएको केही समयमै आक्रोशित स्थानीयको एक समूह घरेलु हतियार खुकुरीसहित कार्यक्रमस्थल जम्मा भएका थिए ।

आक्रोशित समूहबीचबाट एकजना हातमा नांगो खुकुरी लिई प्रचण्डलाई गाली गर्दै अगाडि बढेर आक्रमण गरेका थिए । तर त्यस आक्रमणलाई सुरक्षाकर्मीले रोकेर मात्रै  आक्रमणमा पर्नबाट प्रचण्ड जोगिए ।श्रोतखबर

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here