मेला भर्न गएको बस दुर्घटनामा १८ को मृत्यु

252

डडेल्धुरा /  बिहीबार डडेल्धुरामा भएको बस दुर्घटनामा १८ को ज्यान गएको छ । डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटना हुँदा हो । ४३ यात्रु सवार बस अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न जाने क्रममा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमध्ये १४ जनाको सनाखत भएको छ । ज्यान गुमाउनेमा शिखर नपा– ४ कि ३५ वर्षीया शशी विक, सोही नगरपालिका ११ कि २५ वर्षीया गोपा भाट, सोही नगरपालिका–८ का ४० वर्षीय कैलाश रावल र योगेन्द्र रावल रहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।

त्यसैगरी, नवदुर्गा गाँउपालिका–३ का चक्र धामी, तीलक खाती, टेक धामी, नवदुर्गा गाउँपालिका–४ की माया रावल, डोटी शिखर नगरपालिका–१० का रोहित बलायर, सोही नगरपालिका–७ कि २२ वर्षीय योगेन्द्र बोहराको पनि सोही दुर्घटना परी ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, डडेल्धुराका इन्चार्ज गणेशसिंह नागरीले जानकारी दिए।

दुर्घटनामा ज्यान गुमाउने डोटीको शिखर नगरपालिका–७ का शंकर जोरा, कैलालीको गोदावरी नगरपालिका–१० का २३ पुरन कठायत, सोही स्थानकी २० वर्षीया शारदा कठायत, गोदावरी नगरपालिका–२ बस्ने २१ वर्षीय केशव कठायतको पनि सनाखत भएको छ ।

ट्राफिक प्रहरी कार्यालय, डडेल्धुराका इन्चार्ज गणेशसिंह नागरीले जानकारी दिए अनुसार बाँकी ४ जनाको भने सनाखत हुन सकेको छैन ।

दुर्घटनाका घाइते २७ मध्ये १० जनाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ७ जना कोहलपुर पठाइएको छ। अन्य १० घाइतेको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here