काठमाडौं / काठमाडौंमा दिउँसै दुई युवालाई छुरा प्रहार गरिएको छ । तीनकुनेस्थित गैह्रीगाउँमा भएको सो घटनामा घाइते भएका दुबैजनाको अहिले बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । अनिल श्रेष्ठ नाम गरेका एक र अर्का घाइतेको नाम नखुलेको प्रहरीले जनाएको छ ।
शनिबार दिउसो १ बजेतिर भएको यस घटनाको कारण अझै पत्ता लागेको छैन । स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुई घाइते दौडिदै आएर सडकपेटीमै लडेर बेहोस भएका थिए । त्यसपछि स्थानीय पसलेले प्रहरीलाई खबर गरी घाइतेलाई अस्पताल पठाएका हुन् ।
घटनाको विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।


















