लागू औषध विरुद्ध सचेतना थाल्दै प्रहरी

237

तुलसिपुर / इलाका प्रहरी कार्यालय तुलसीपुरले समाजमा हुने हरेक नकारात्मक अभियानहरुको न्युनिकरण गर्न विभिन्न सचेतना अभियानको सुरुवात गरेको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र र ईलाका प्रहरी कार्यालय तुलसिपुरले आईतबार देखि सयुक्त रुपमा गोर्खा माध्यमिक बिधालयमा एक कार्यक्रमको आयोजना गरि सचेतना अभियानको सुरुवात गरेको हो ।

पहिलो चरणमा लागू औषध बिरुद्धको सचेतना अभियान कार्यक्रम सञ्चालन गर्दै ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख डिएसपि प्रेमबहादुर शाहीले समाजमा शान्ति स्थापना गर्न हरेक क्षेत्रको सहयोग चाहिने जनाउनुभएको छ ।

 उहाँले लागु औषध प्रयोगबाट समाजमा फैलिने बिकृतिहरु रोक्न प्रहरी सक्रियताका साथ लागिपरेको समेत जानकारी दिनुभयो ।

उहाँले समाजमा हुने हरेक नकारात्मक कार्यहरु गरेको पाईएमा तत्काल प्रहरीलाई सुचना दिन समेत आम नागरिकहरुमा अनुरोध गर्नुभएको छ ।

पहिलोदिन गोर्खा माबि.का झण्डै दुईसए बिधार्थिहरुलाई लागू औषध सेवनबाट हुने नकारात्मक गतिबिधि कानुनी उपचार र कुलतहरुबाट कसरी बच्ने भन्ने बारेमा जानकारी गराउनु भयको थियो ।

ईलाका प्रहरी कार्यालय तुलसिपुरले गाउ गाउमा महिला हिम्सा नियन्त्रण ,ट्राफिक सचेतनाका साथै अन्य अभियानहरु समेत सञ्चालन गर्ने तयारीमा रहेको सामुदायिक सेवा केन्द्रकि अध्यक्ष नारायणी रजौरेले जानकारी दिनुभयो ।

कार्यक्रम विधालयका प्राचार्य बिजय जिएमले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सहजिकरण सामुदायिक प्रहरी सेवाकेन्द्र का सचिव शरद रेग्मीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here