अब भक्तपुरमा पनि सेमसुङको आधिकारिक सेवा केन्द्र

269

काठमाडौं /  नेपाल अधिराज्य भरी १४ वटा सेमसुङका सेवा केन्द्रहरु भएको, आइएमएस (IMS) केयरले आफ्नो १५ औं सेवा केन्द्र भक्तपुर मोबाइल कम्प्लेक्स, दोश्रो तल्ला सूर्यविनायक, भक्तपुरमा सुरु गरेको छ ।

सेवा केन्द्रको उद्घाटन आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, सेमसुङ इलेक्ट्रोनिक्सका कार्यकारी निर्देशक युबियमवोन, आइएमएस (IMS) ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्रा र , सेमसुङ इलेक्ट्रोनिक्सका जुङ्सिक (बबि) योले गर्नुभयो ।

कार्यक्रममा बोल्दै आइएमएस (IMS) ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले ‘हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै सेमसुङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्नु हो ‘ भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here