पछिल्लो समय करोड क्लबमा प्रवेशमा गरेको पिच रोड गीतबाट सर्वाधिक चर्चामा रहेका गायक समिर आचार्य हिजो आज अस्ट्रेलियामा रहेका नेपाली समुदाय माझ चर्चित बनेका छन् ।
उनको चर्चाको प्रसंग हो एन आर एन अस्ट्रेलिया एनएसडब्लुको नेपाल फेस्टिबल । हजारौ दर्शकको उपस्थिति गराएर नेपाली भाषा , मौलिक सस्कृति , नेपाली परम्परा झल्काउने विभिन्न खाले सास्कृतिक प्रस्तुतिका साथमा नेपाल फेस्टिबल मनाइँदै आएको छ , सोहि अनुरुप गत शनिबार ९२४ नोभेम्बर० अस्ट्रेलियामा नेपाल फेस्टिबल भव्य रुपमा पनि सम्पन्न भयो।
नेपालबाट विभिन्न कलाकारहरु पनि बोलाइएको थियो भने अस्ट्रेलियामा रहेका समिर आचार्य , इश्वोर पोख्रेल लगायतका गायकहरुको पनि उपस्थित थियो ।
जब स्टेजमा समिरले “जहाँ सिंगो नेपाल हुन्छ त्यहाँ राजा रानी हुन्छ बोलको गीत गाए , दर्शक दिर्घामा राम्रो तारिफ पनि पाए , उनको पिच रोडमा पनि दर्शक खुब रमाए ,
कार्यक्रम सकियो भव्य पनि भयो तर सामाजिक संजाल भने रंगिन सुरु भैसकेको थियो , केहिले समिरको गीतको तारिफ गर्दै गीत न हो गाउन पाउनु पर्छ भन्दै स्टाटस लेखे भने कतिपयले पूर्व भैसकेका राजा रानीका बारेमा यसरि खुल्ला रुपमा कलाकार सार्वजनिक हुनु आपत्ति भएको भनि सामाजिक संजालमा आक्रोश पोखे ।
हामीले सिधै समिरलाइ तपाईले किन यस्तो गीत गाउनु भएको ? , तपाईको त विरोध भइरहेको छ नि , के भन्नु हुन्छ भनि प्रश्न सोध्दा समिरको जवाफ यस्तो आयो – ‘मेरो लागि यो विशुद्ध राष्ट्रिय गीतको रुपमा प्रस्तुत गरेको हुँ , म अहिले सम्म कुनै पनि राजनैतिक दलको सदस्य छैन र राजा हाम्रो इतिहास हो , २५० वर्ष लामो इतिहास हो , सजिलै भुल्न कहाँ सकिछ र रु राजनैतिक परिवर्तन संग संगै एउटा श्रष्ठाको सिर्जना कसरी प्रवर्धन हुन सक्ला तपाई आफै भन्नुहोस न , र अर्को कुरा विरोध , यो भै नै रहन्छ , मलाई केहि आपत्ति छैन , यदि साच्ची नै यो गीत गलत छ र गाउन , सुन्न नमिल्ने नै हो भने सामाजिक संजालमा विरोध गर्ने आदरणीय मित्रहरुलाई मेरो आग्रह छ , मैले त् गीत मात्र गाएको हुँ , गीत गलत हो भने नेपाल सरकारलाइ आग्रह गर्नुहोस , सबै तिरबाट गीतलाइ हटाउन लगाउनुहोस , सामाजिक संजाल युट्युव सबै तिर बाट , अनि सरकारलाइ अनुरोध गर्नुहोस गीतलाइ सार्वजनिक रुपमा बहिस्कार गर्न लगाउनुहोस , त्यसपछि अर्को कुरा गरौला ।’
हेर्नुहोस समिरले अस्ट्रेलियामा दिएको प्रस्तुति


















