एराप्रपा राष्ट्रवादी विद्यार्थी संघको नयाँ कार्यसमिति गठन

183

काठमाडौं / एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले विद्यार्थी संगठन बनाएको छ । सोमबार पार्टी महामन्त्री तथा विद्यार्थी संयोजक केशव श्रेष्ठको आतिथ्यमा विद्यार्थी संघ गठन गरिएको हो ।

तीन वटा राप्रपा एकताबारे चर्चा चलिरहेको बेला राप्रपा राष्ट्रवादीले भने आफ्ना जनवर्गीय संगठनको रुपमा राष्ट्रवादी विद्यार्थी संघको गठन गरेको हो । बैठकले विद्यार्थी संघको गठन गर्दै रविन थापालार्इ अध्यक्ष चयन गरेको छ ।

त्यस्तै सो संघको उपाध्यक्षमा जेपी बगाले, सुसेन पोखरेल र राजु लामा, महामन्त्रीमा शुरज पौडेल, विजय काफ्ले, सहमहामन्त्रीमा दिपेन्द्र अधाकारी, किशोर लामिछाने, कोषाध्यक्षमा निशा तामाङ चयन गरिएको छ । मनोज लोहनी, मदन श्रेष्ठ, मनिष भट्टरार्इ र प्रकाश खनाल सदस्य चयन गरिएको छ ।

यस राष्ट्रवादी विद्यार्थी संघको ६ महिनाभित्र अधिवेशन वा राष्ट्रिय भेला हुने एराप्रपा राष्ट्रवादीका सह-प्रवक्ता जनकराज पाठकले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here