काठमाडौं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज मंगलबार दोलखा जिल्लास्थित श्री रणभीम गणको निरीक्षण भ्रमण गर्नु भई काठमाण्डौं फिर्ता हुनु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त गणको स्थलगत वस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो ।
निरीक्षण भ्रमणको सिलसिलामा थापा मिति २०७५ मंसिर १० गते सिन्धुली जिल्लास्थित श्री नं।९ बाहिनी अड्डातर्फ प्रस्थान गर्नु भएको थियो ।


















