दैलेख जीप दुर्घटना , ६ जनाको मृत्यु

410

दैलेख / दैलेखमा बुधबार जीप दुर्घटना भएको छ । दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। जिप सडकदेखि करीब ५० मिटर तल खसेको थियो।

सुर्खेतबाट दैलेखको ठाँटिकाँध गाउँपालिकाको वहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप बुधबार बिहान ठाँटिकाँध गाउँपालिका- ३ को धामीगाउँ नजिक दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा ठाटीकाध गाउँपालिका १ का ३० वर्षीया निर्मल बम, ३ का ४० वर्षीय राजेन्द्र बहादुर शाही, ४ की रत्ना शाही, चालक रमेश शाही, वडा न‌‌ ३ का २६ वर्षीय दिलिप शाही र सोही गाउँपालिका वडा न‌ं१ का समशेर पुन रहेको दैलेख प्रहरीले जनाएको छ।क्षेत्रीका अनुसार घाइते २ जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here