काठमाडौं / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कमिटी बैठक माग गर्दै ८ बुँदे ज्ञापनपत्र बुझाएका २२ केन्द्रीय सदस्यहरुलाई नै गुनासो फर्काएका छन् ।
पार्टीको केन्द्रीय सचिवालय बैठक समेत बस्न नसकिरहेको भन्दै प्रचण्डले दिक्दारी व्यक्त गरेका छन् ।
एक नेताका अनुसार मंगलबार भएको भेटमा बैठक बस्न नसकेकोमा असन्तुष्ट व्यक्त गर्दै प्रचण्डले भने -‘तपाईंहरुका माग र गुनासा जायज नै छन् । अबको बैठकका एजेण्डा पनि यिनै हुन् । तर बैठक नै बस्न सकिरहेको छैन । प्रधानमन्त्रीको व्यस्तताले पनि होला । बैठक नै बस्न नसकिने, खै के खै के जस्तो भइरहेको छ ।’
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक सार्ने गरेको आरोप नेकपा नेताहरुले लगाएका छन् ।


















