राष्ट्रव्यापी अभियान ‘मिसन साहसी’ प्रारम्भ

146

 गैडंकोट / प्राज्ञिक विद्यार्थी परिषदले गाउँ शहर बजार जताततै हरेक दिन बालबालिका तथा महिला बलात्कार र हिंसाको घटना बढिरहेको बेला आफ्नो आत्मसुरक्षाको लागि नारी सुरक्षा र सम्मानको महाअभियान मिसन साहसी गैंडाकोटबाट प्रारम्भ गरेको छ ।

परिषदले पत्रकार सम्मेलन गरेर नारी सुरक्षा र सम्मान अभियान कार्यक्रमको उदघातन गर्दै विशेष प्रशिक्षण अभियान प्रारम्भ गरेको हो ।

उक्त कार्यक्रममा नगर अध्यक्ष विनोद पौडेल, राष्ट्रिय अभियान संयोजन समिति सदस्य एवं परिषद्की केन्द्रीय सदस्य वर्षा सापकोटा परिषदका राष्ट्रिय सह सङ्गठन सचिव रमेश कंडेल, इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख लोक बहादुर जि सि, शिक्षिका इन्दिरा दवाडी, परिषदका नगर सचिव नारायण तिमिल्सिनाको विशेष उपस्थिति रहेको थियो । उक्त कार्यक्रमा प्रशिक्षणको सम्पूर्ण जानकारी गराउदै शारीरिक प्रशिक्षण समेत प्रदान गरिएको थियो।

मंसिर १२ देखि १८ सम्म संचालन हुने अभियान अन्तर्गत गैडाकोटका प्रत्येक विद्यालयमा प्रशिक्षण दिइने परिषदका राष्ट्रिय सचिव छितराज न्यौपानेले जानकारी दिनुभयो । उहाँले यस अभियानको  १८ गते विशेष समारोह समापन हुने जनाउँदै यस प्रशिक्षणबाट धेरै दिदिबहिनीहरु लाभान्वित हुने जनाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here