प्रचण्डलाई यसरी अायाे अाेलीकाे गाेली- ‘गणतन्त्र विभत्स हत्याकाण्डको उपज हैन’

229

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमा राष्ट्रपति–उपराष्ट्रपति जस्ता संस्थाहरू विभत्स हत्याकाण्डका आकस्मिक उपज नभएको जनाएका छन् । मंगलबार सामाजिक सुरक्षा योजनाको सुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले केही मानिसहरू विगतका अवसर सम्झिएर राजतन्त्र फर्काउन सिसडोल उधिनिरहेको भन्दै गणतन्त्रका संस्थामाथि धावा बोल्न उद्यत रहेको आरोप लगाए ।

‘उनीहरूले बुझ्नु पर्ने थियो, राष्ट्रपति–उपराष्ट्रपति जस्ता संस्थाहरू विभत्स हत्याकाण्डका आकस्मिक उपज हैनन् । जनताको लामो बलिदानपूर्ण संघर्षबाट स्थापित जनताका आकाँक्षाका प्रतिरूप हुन् । हाम्रो गणतन्त्रका अति सम्मानित संस्थाहरू हुन ।’ आफैं सक्रिय नहुने ती मर्यादित संस्थाहरूप्रतिको आक्रमण, विरोधीहरूको असहिष्णुताको उपज भएको ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले विरोधका लागि विरोध गर्ने, हिंसात्मक वकालत गर्ने उत्श्रृंखल तत्वहरू, राष्ट्रिय एकताको सन्दर्भमा भ्रम फैलाउने, राष्ट्रिय एकतालाई कमजोर बनाउने तत्व सक्रिय रहेको भन्दै त्यस विषयमा सरकार सजग रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने ‘पत्रपत्रिकामा कसैले सोधेछन्– सरकार हरायो, कहाँ छ ? के गर्दैछ ? कतिले भने सरकारले सिंको पनि भाँचेन, कतिले भने सरकारले जुम्रो पनि मारेन, यो सरकार जुम्रा मार्नका लागि पनि होइन, सिंका भाच्नका लागि पनि होइन, यो सरकार देश बनाउनका लागि हो । त्यो काम सरकारले गर्दैछ ।’

ओलीले अगाडी भने, ‘आज म भन्न चाहन्छु, सरकार खोज्नेहरूलाई सरकार खोज्न पावर चश्मा लगाउनु पर्दैन, खोज्न पर्दैन, नचाहे पनि तपाईले सरकार देख्नुहुनेछ, त्यो तपाईको बाध्यता हुनेछ । सरकार मजदुरलाई सोध्नुस कहाँ छ, श्रमजिवीलाई सोध्नुस् कहाँ छ, दुःख पाएका गरिब जनतालाई सोध्नुस् कहाँ छ । त्यहाँ तपाईँले जवाफ पाउनुहुनेछ ।’

सरकार कहाँ छ भन्नेलाई धेरै केही भन्न नचाहेको भन्दै ओलीले केही दिनमा मेलम्ची आउने र त्यसले सरकार कहाँ छ भन्ने जवाफ दिने बताए । ‘बाटोमा धुलो उड्न कम भएको छ, जवाफ फाउनुपर्ने हो, काठमाडौको सडकको धुलो सफा गरिन्छ, बडारिन्छ, धोइन्छ, अनि थाहा पाउनुहुन्छ सरकार कहाँ छ,’ उनले भने । कलंकी नागढुंगा वर्षाैँको सपना भएको भन्दै ओलीले भने, ‘ वर्षाैँ देखिको सपना थियो हेर्न जानुस बन्दैछ राम्ररी तिव्रताका साथ त्यहाँ छ सरकार । जता फक्र्याे त्यसै सरकार देखेपछि आफै चुप लाग्न थाल्नुहुन्छ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here