सौचालयमा प्रयोग गरेको पानी केमा प्रयोग होला ? त्यो फोहोर पानी ढलमा मिसिनुको विकल्प के होला र ? भन्नुहोला । तर भारतमा एउटा सरकारी संस्थाले सौचालयको पानी बेचेर ७८ करोड भारु कमाउँदै छ । भारतका केन्द्रीय परिवहन मन्त्री नितिन गडकरीले यसको पुष्टि गरेका छन् । फोहोर ठानेर फ्याँकिने ट्वाइलेटको पानीबाट राम्रो कमाइ गर्न सकिने उनको योजना छ ।
वास्तवमा भारत सरकारले सौचालयमा प्रयोग भएको पानीबाट एसी बस चलाउँदैछ । मन्त्रीका अनुसार नागपुरमा वैकल्पिक इन्धनका विषयमा केही नयाँ प्रयोग भइरहेको छ । त्यहाँ ट्वाइलेटको पानीबाट बायो ग्यास निकालिन्छ । सोही ग्यासबाट बस गुड्नेछ ।
नितिन गडकरीका अनुसार मुम्बइ, पुणे तथा गुवाहटीमा कोइलाबाट बस चलाउने प्रयोग पनि भैरहेको छ । कोइलाबाट मिथेन ग्यास निकालेर त्यसको प्रयोग गाडीको इन्जिनमा गरिनेछ । डिजेल भन्दा मिथेन ग्यास निकै कम मूल्यमा पाइने भएको हुँदा यसले परिवहनको भाडा सस्तो बनाउने मन्त्रीको दाबी छ ।


















