यस्ता खानेकुराबाट महिनावारी रोकिने समय अघि र पछि सर्न सक्छ

274

एउटा नयाँ अध्ययनले महिलाहरूले तेलयुक्त माछा खानाले ुमेनोपजु भनिने महिनावारी रोकिने प्राकृतिक समय कैयौँ वर्षले पर सार्न सकिने र कार्वोहाइड्रेट-युक्त खानेकुराले त्यो अवधिलाई अझै अघि ल्याउन सकिने देखाएको छ।

युनिभर्सिटी अफ लिड्सले गरेको अनुसन्धानका क्रममा ब्रिटेनका १४ हजार महिलाहरूमाथि चार वर्ष लगाएर अध्ययन गरिएको थियो।

सालमोन सहित विभिन्न प्रजातिका माछा नियमित खाने महिलाहरूको महिनावारी अन्त्य हुने उमेर तीन वर्ष भन्दा बढीसम्म रहेको उक्त अध्ययनका क्रममा पाइएको थियो। तर पास्ता र भात दैनिक खाने महिलाहरूमा झण्डै डेढ वर्ष अघि महिनावारी रोकिने उक्त अध्ययनले देखाएको छ।

अनुसन्धानकर्ताहरूले सर्वेक्षणमा सहभागी महिला समूहको महिनावारी रोकिने औसत उमेर ५१ वर्ष भएको उल्लेख गर्दै दैनिक तेलयुक्त माछा खाने महिलाहरूले त्यसलाई तीन वर्षसम्मले पछि धकेलेको उल्लेख गरेका छन्।

उक्त अनुसन्धानकी लेखिका जेनेट केड भन्छिन महिनावारी रोकिने समय र आहाराबीचको सम्बन्धबारेको जानकारीले स्वास्थ्य समस्याको पारिवारिक इतिहास रहेका महिलाहरूलाई मद्दत गर्नेछ।

चाँडै महिनावारी अन्त्य हुने महिलाहरूमा मुटु सम्बन्धी रोग तथा हड्डी कमजोर हुने समस्या देखिनसक्ने जनाइन्छ। बढी उमेरमा महिनावारी रोकिने महिलाहरूमा भने स्तन, गर्भासय र डिम्बासयको क्यान्सरको जोखिम बढी हुने ठानिन्छ ।बिबिसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here