काठमाडौं । नेकपा एमालेका असन्तुष्ट पक्षका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको भारतसँगको साँठगाँठ प्रष्ट देखिएको टिप्पणी गर्नुभएको छ ।
शनिवार आफूनिकटका जिल्ला पदाधिकारीसँगको भर्चुअल छलफलमा नेता नेपालले केपी ओलीको विचार र व्यवहारले मुलुकमा दक्षिणपन्थी शक्तिहरू उत्साहित भएको बताउनुभयो ।
आफ्नो सत्ता जोगाउन अवाञ्छित र स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिसँग मिल्ने ओली प्रवृत्तिले आगामी दिनमा वामपन्थी शक्तिहरूमाथि संकट थपिन सक्ने नेता नेपालको भनाइ थिो । । शुक्रवार गरिएको मन्त्रिमण्डल पुनर्गठनले लोकतन्त्र, संविधान, परिवर्तन र वामपन्थमाथि संकट थपिएको उहाँको दाबी थियो ।
वरिष्ठ नेता नेपालले राजेन्द्र महतोको ‘बहुराष्ट्रवाद, बहुराष्ट्रियता’ भन्ने अभिव्यक्तिबाट नेपाललाई अब जातिजातिको देशको रूपमा टुक्राटुक्रा पार्ने योजना र जातीय द्वन्द्व चर्काउने योजना प्रष्ट हुने दाबी गर्नुभयो । विचारलाई जात र धर्मले प्रतिस्थापन गर्न खोजिनु दुर्भाग्य हुने उहाँको धारणा थियो ।

















