डेंगुका बिरामी कृषि मन्त्री आईसीयूमा

165

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल डेंगुका कारण बुधबार साँझ टोखास्थित ग्रान्डी अस्पतालनमा भर्ना भएका छन् ।

मन्त्री खनाल मंगलबार साँझ टाउको दुख्ने र ज्वरो आउने समस्यापछि परीक्षणका लागि निदान अस्पताल पुगेका थिए ।

अस्पतालले उनलाई शुक्रबार ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा डेंगुको परीक्षण गराउन पठाएको थियो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रपाणी पाण्डेका अनुसार मन्त्री खनालको उपचारका लागि विशेष टोली बनाएर खटाइएको छ । मन्त्री खनालको अवस्था सामान्य रहेको र उपचार जारी रहेको समयमा भेटघाट बढी भएकाले नियन्त्रण गर्न गाह्रो भएर आईसियूमा सारिएको पाण्डेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here