काठमाडौं । इटहरीको सुष्मा गोदावरी कलेजमा बम बिष्फोट भएको छ। गए राति नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वका कार्यकर्ताले कलेजमा बम बिष्फोट गराएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलका अनुसार राति १२ बजे कलेजको पर्खालमा बम बिष्फोट भएको हो । उनका अनुसार डीएसपी खरेलले चन्दा माग्नका यस्तो बिष्फोट गराइएको हुन सक्छ । घटनास्थलमा चिट, पर्चा केही भेटिएको छैन।
कलेजका प्रिन्सिपल बोधराज नेपालले यसअघि विप्लव कार्यकर्ताले चन्दा मागेको बताए।


















