काठमाडौं। स्थानीय तह निर्वाचनको क्रममा आज गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. ८ मा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

उहाँका प्रेस संयोजक मधुसूदन भट्टराईका अनुसार, गृहमन्त्री खाणले त्यहाँको ज्योतिनगरस्थित ज्योति माविमा मतदान गर्नुभएको हो ।

















