पूर्व राजा ज्ञानेन्द्रबाट बैंककमा बोलेको भनी आएका समाचारको खण्डन

151

काठमाडौं / पूर्व राजा ज्ञानेन्द्रले संविधान दिवसको दिन बैंककबाट आफू फेरि राजा बन्ने र हिन्दु राष्ट्र पनि बनाउने भनी अभिव्यक्ति दिएको समाचार विभिन्न सञ्चार माध्यममा प्रचार भएको विषयबारे पूर्व राजाका संवाद सचिव डा फणिराज पाठकले त्यस्तो अभिव्यक्ति नआएको कुरा स्पष्ट पार्नु भएको छ ।

पाठकले भन्नुभएको छ – ‘केही सञ्चार माध्यमले दाबी गरे जस्तो श्री ५ बाट आन्तरिक राजनीति तथा परिस्थिति बारे कुनै पनि टिप्पणी भएका छैनन् । विभिन्न अवसर र परिस्थितिमा मुलुक भित्र पूर्व महाराजधिराजबाट आफ्ना सन्देश र अभिव्यक्ति आएका कुरा आम नेपाली जनताको जानकारीमा छ । हाल विदेश भ्रमणमा छँदा आएका भनिएका टीकाटिप्पणीमा कुनै सत्यता छैन ।’ पाठकले अगाडि भन्नु भएको छ – ‘हाल बैंककमा राज होइबक्सेका राजाले अब भारतमा हुने निर्वाचनपछि नेपाल हिन्दुराष्ट्र बन्ने र राजसंस्था फर्कने बताएको केही सञ्चार माध्यमले दाबी गरेका छन् । ‘समाचारको सत्यता स्थापित गर्ने जिम्मेवारी सम्बन्धित सञ्चार माध्यमको हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here