गाईघाट / नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश सचिव हरीकुमार राई मोटरसाईकल दुर्घटनामा परि गम्भिर घाईते भएका छन । बुधबार गाइघाट बजारबाट आफ्नो घरतर्फ जानेक्रममा मोटरसाईकल दुर्घटनामा परि राई घाईते भएका हुन ।
आमाको मृत्यु भएको दुईदिन पछि आफै दुर्घटनामा परेर घाइते भएका राईको नेपाल पत्रकार महासंघ उदयपुरले स्वास्थ्य लाभको कामना गरेको छ । प्रदेश सचिव राईको अनुहार भरि चोट र देब्रे साइडको १ करङसमेत भाच्चिएको पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले जानकारी दिए । राईको जिल्ला अस्पतालमा उपचार पश्चात घरमै आराम गरिरहेका छन ।















