काठमाडौं / शेयर बजारको लगानीकर्ताहरुको समूहले आज नेपाल धितोपत्र बोर्डमा १० बुँदै माग पत्र बुझाएर तत्काल ठोस कदम नचालिए आमरण अनशनसम्मको कार्यक्रम गर्ने चेतावनी दिएको छ ।
सुधार र बिस्तारका लागि दबाब सिर्जना गर्न बनाईएको लगानीकर्ताहरुको समूहले धितोपत्र बोर्डको कार्यालय जावलाखेल पुगेर बोर्डका अधिकारीहरुलाई माग पत्र बुझाएका हुन् ।

















