क्यानडा पठाइदिने भन्दै एक करोड ३७ लाख ठगी

77

काठमाडौँ, क्यानडा पठाइदिने भन्दै विभिन्न युवासँग एक करोड ३७ लाख ठगी गरेर फरार गोकर्णेश्वर नगरपालिका–१ निवासी ३८ वर्षीया सङ्गीता अधिकारी रायमाझीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

ठगीमा परेका युवाले दिएको सूचनाका आधारमा अपराध अनुसन्धान महाशाखाको टोलीले फरार रहेकी अधिकारीलाई पेप्सीकोलाबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए ।

अधिकारीले क्यानडा पठाइदिन्छु भन्दै काभ्रेका नवीन तामाङसँग र २९ लाख र धिरेन्द्रकुमार पुलामीसँग र २२ लाख, दोलखाका सुदीन खड्कासँग र २७ लाख २० हजार तथा भक्तपुरका रामकृष्ण सुवालसँग र १९ लाख ९० हजार र डेकराज कार्कीसँग र १९ लाख तथा जयराम सुकुभुटुसँग र २० लाख रकम लिएको अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श सङ्घले जनाएको छ ।

पक्राउ परेकी अधिकारीलाई बैङ्किङ कसूर र वैदेशिक रोजगार कसूर मुद्दामा कारबाही अघि बढाइने सिंहले जानकारी दिए । अधिकारी चर्चित फुटबल खेलाडी निराजन रायमाझीको श्रीमती हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here