एसिया प्यासिफिक समिट प्रतिनिधिद्वारा चन्द्रागिरि भ्रमण

261

काठमाडौं / नेपालमा पहिलो पटक आयोजना गरिएको एसिया प्यासिफिक समिट – २०१८ मा सहभागी हुन काठमाडौं आउनुभएका नाउरुका सम्माननीय राष्ट्रपति बरुन दिभेदी वाबा तथा फिलिपिन्सकी माननीय उपराष्ट्रपति लिनि रोब्रुडोले हिजो शनिबार चन्द्रागिरि केबलकारको भ्रमण गर्नुभएको छ ।

अनौपचारिक भ्रमणको क्रममा रहेका अति विशिष्ट पाहुनालाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष  चन्द्र प्रसाद ढकाल तथा संचालकहरु हेमराज ढकाल र कल्याण गुरुङ्गले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराउनुभएको थियो ।

भ्रमणमा सहभागी नाउरुका सम्माननीय राष्ट्रपति र फिलिपिन्सकी उपराष्ट्रपतिले चन्द्रागिरि अत्यन्तै सुन्दर ढङ्गले निर्माण गरिएकोर चन्द्रागिरिबाट एकदमै सुन्दर दृष्य देखिएकोप्रतिक्रिया दिदै आगामी दिनमा फेरी भ्रमण गर्ने इच्छा रहेको जनाउनुभयो ।

साथै चन्द्रागिरि हिल्सका सम्पूर्ण परिवारलाई बधाई तथा धन्यवाद समेत दिनुभयो । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here