सो उडानका लागि अमेरिकी विमानले चीनको अनुमति नलिएको कर्णेल रेनले जनाएका छन्।
‘यो एकदमै गलत र खतरनाक छ,’ उनले भनेका छन्, ‘चीनको सार्वभौमिकता र भौगोलिक अखण्डताविरुद्ध कुनै उत्तेजक कार्य नगर्न हामी अमेरिकालाई आग्रह गर्छौँ।’
उनले ताइवानको चीनको अभिन्न हिस्सा रहेको भन्दै ताइवानलाई लिएर चीनमाथि दबाब दिने जुनसुकै प्रयास असफल हुने जनाएका छन्।


















