प्रदेश सरकारहरु धमाधम बजेट सार्वजनिक अभियानमा

114

काठमाडाैं – आज सातै प्रदेशले आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक भएकाे छ । प्रदेश सरकारहरुले सार्वजनिक गरेको बजेटमा स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेका छन् ।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ लागि रु.३३ अबै ७४ करोड बजेट विनियोजन गरेको छ । जसअनुसार पूँजीगततर्फ १९ अर्ब, छ करोड ९१ लाख २१ हजार, चालूतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार र वित्तिय हस्तान्तरणतर्फ रु.दुई अर्ब, ९९ करोड ६५ लाख बजेट विनियोजन गरिएको छ । विनियोजित चालू खर्चअन्तरगत कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागिरु.८७ करोड ४१ लाख, रोजगारीका लागि रु.दुई अर्ब ५८ करोड २६ लाख अन्य कार्य तथा प्रशासनिक खर्च रु.आठ अर्ब ५१ करोड ९० लाख ३२ हजार रहेको कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उल्लेख गरे । 

उता प्रदेश १ सरकारले आगामि आर्थिक वर्ष २०७७÷०७८ का लागि रु. ४० अर्ब ८९ करोड ९९ लाख ४७ बजेट ल्याएको छ । कुल विनियोजनमध्ये चालु तर्फ रु. १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार अर्थात् ४६ दशमलव २९ प्रतिशत र पुँजिगत २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात् ५३ प्रतिशत रहेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सोमबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै वित्तीय व्यवस्थापन तर्फ रु. ४ करोड र अन्तर सरकारी वित्तीय हस्तान्तरणका लागि रु. २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको बताए । बजेटमा कृषितर्फ ३ अर्ब ८३ करोड १६ लाख बजेट विनियोजन गरेको छ ।

त्यसैगरी प्रदेश ५ ले आगामी आर्थिक बर्षका लागि ३६ अर्ब ३५ करोडको बजेट ल्याएको छ । सोमबार सो प्रदेशले आर्थिक वर्ष २०७७÷७८ का लागि कुल ३६ अर्ब ३५ करोड २५ रुपैंयाको बजेट सार्वजनिक गरेको हो । कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार, पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड ५० हजार रुपैंया बजेट विनियोजन गरेको हो । बजेटमध्ये आन्तरिक राजश्वबाट २ अर्ब ३ करोड ७५ लाख, राजश्व बाँडफाँटबाट ११ अर्ब ३४ करोड २ लाख, रोयल्टी बाँडफाँटबाट ८८ करोड ५६ लाख, वित्तीय समानीकरणतर्फ १७ अर्ब ६३ करोड ७१ लाख उठाइने जनाइएकाे छ ।

प्रदेशसभा बैठकमा प्रदेशका मुख्यमन्त्री समेत रहेका तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्र, कृषि क्षेत्र र रोजगारी प्रवद्र्धनमा बजेटलाई केन्द्रित गरेको जनाए ।

गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि कुल ३४ अर्ब ८४ करोडको बजेट ल्याएको छ । सोमबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बजेट साार्वजनिक गरेका हुन् । जसमध्ये चालु खर्चतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार छुट्याइएको छ । पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार (५७ दशमलव ४ प्रतिशत) रहेको छ । बजेटमा कोरोना रोकथाम, नियन्त्रण र उपचारलगायत कार्यक्रम लक्षित गर्दै २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ विनियोजन भएको छ । यसैगरी कोरोना भाइरसबाट प्रभावित उद्योग, व्यवसायलाई जोगाउन, टिकाउन र सुचारु गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने भन्दै व्यवसाय जीवन रक्षा कोष स्थापना गरी १ अर्ब छुट्टाएको मन्त्री गुरुङले बताए ।

प्रदेश दुई सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि ३३ अर्ब ५६ करोडको बजेट ल्याएको छ । सोमबार प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७७÷०७८ का लागि कुल बजेट ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट सदनमा प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटभन्दा ५ अर्ब कमको बजेट ल्याएको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सकरारले ३८ अर्व ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको कुल बजेट मध्ये चालू तर्फ ४५.९५ प्रतिशत अर्थात १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार, पूजिगत तर्फ ५३.६७ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार र वितिय व्यवस्था तर्फ ०.४८ प्रतिशत अर्थात १६ करोडको बजेट छुट्याइएको यादवले बताए ।

बजेटमा कृषि, कोरोना उपचार, लघु उद्यम लगाएतलाई बिशेष प्राथमिकतामा राखेको उहाले जानकारी दिए ।

वाग्मती प्रदेश सरकारले ५१ अर्बको बजेट ल्याएको छ । सोमबार प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङगेलले प्रदेससभामा आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

कुल विनियोजन बजेटमध्ये चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार रहेको उहाले बताउनुभयो । कुल विनियोजित बजेटमध्ये चालुतर्फको बजेट ५१.१२ प्रतिशतर पुँजीगत तर्फको बजेट ४८.८८ प्रतिशत हो । बजेटको स्रोत व्यवस्थापनमा राजश्वबाट २० अर्ब ८३ करोड ७९ लाख, अन्तर सरकारी अनुदानबाट १७ अर्ब ८६ करोड ९८ लाख अन्य राजश्वबाट ५ अर्ब १२ करोड ९७ लाख र राजश्व बचतबाट अनुमानीत ७ अर्ब ५० करोड हुने मन्त्री ढुङगेलले जानकारी दिए ।

बजेटले स्वास्थ्य कृषि र पूर्वाधार निर्माण क्षेत्रलाई प्राथमिकता दिएको मन्त्री ढुङगेलले भन्नु भयाे ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६–०७७ का लागि ३३ अर्ब ३८ करोडको बजेट ल्याएको छ । सोमबार आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर बोहराले सोमवार प्रदेशसभामा ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार बजेट प्रस्तुत गरेका हुन् । अगामी आर्थिक वर्षको कुल विनियोजन मध्ये चालू तर्फ १४ अर्ब १८ करोड ७८ लाख ६० हजार र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार रहेको छ। अन्तर सरकारी वित्तिय व्यवस्थापन तर्फ २ अर्ब १३ करोड ५० लाख अर्थात् ६.४ प्रतिशत तथा वितिय व्यवस्थापन तर्फ ३० करोड अर्थात ०.९ प्रतिशत रहेको छ । प्रदेश सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेर स्वास्थ्य क्षेत्र सुधारका साथै कृषि, सडक, खानेपानी, सिँचाई, ऊर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको मन्त्री बोहराले जाानकारी दिए । उनले पर्यटन शुल्कलाई मिनाहा गर्ने समेत जनाए ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा ३ अर्ब २६ करोड ६६ लाख बजेट विनियोजन गरेको उनले भने । त्यस्तै बिकासका आयोजनालाई पनि निरन्रता दिने गरि बजेट ल्याएको बोहराले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here