सुनसरी / धरान उपमहानगरपालिका-१७ उदय टोल बस्ने १७ वर्षीय आशिष ठटालको हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका बस्ने २८ कोमल गुरुङ समेत ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
मंसिर ७ गते राति आशिष सहित ७ जना सोही ठाउँस्थित उदय सामुदायिक जंगलमा शिकार खेल्न गएकोमा ६ जना साथीहरु घर फर्कि आएको र आशिष घर फर्की नआएको भन्दै उनका आफन्तले मंसिर १६ गते ईलाका प्रहरी कार्यालय धरानमा जानकारी गराए पश्चात खटिएको प्रहरीले शिकार खेल्न गएका कोमल समेत ६ जनालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरुले आशिषको हत्या गरी सोही ठाउँस्थित खाल्डोमा पुरेको खुल्न आएको हो ।
















