काठमाडौंमा दिउँसै एक भारतीयद्वारा खुकुरी प्रहार

207

काठमाडौं / काठमाडौं महानगरपालिका-९ स्थित गौशाला चोकबाट धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा भारत बिहार घर भई हाल काठमाडौं तिलगंगा बस्ने १८ वर्षीय आनन्द कुमारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनले सर्लाही हरिवन घर भई हाल काठमाडौं गौशाला बस्ने ३० वर्षीया प्रमिला वाग्ले अधिकारीलाई खुकुरी प्रहार गर्दा घाइते भएकोमा उपचारको लागी ओम अस्पताल चाबहिल लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here