कांग्रेसको तल्लो तहको अधिवेशन कार्यतालिका पुनः प्रभावित

72

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत तल्लो तहको अधिवेशन कार्यतालिका फेरि प्रभावित भएको छ। एक दर्जन जिल्लामा अझै क्रियाशील सदस्यता विवाद टुंगो लाग्न नसक्दा पूर्वर्निधारित कार्यतालिका पूरै प्रभावित भएको हो।

दसैंअघि नै केन्द्रीय र प्रदेशबाहेक सबै अधिवेशन सक्नेगरी कार्यतालिका सार्वजनिक भए पनि बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले स्थानीय (पालिका) तहबाहेक तल्लो तहका अधिवेशन दसैंपछि गर्ने समझदारी गरेको छ।

असार ९ गतेका लागि तोकिएको पालिका अधिवेशनचाहिँ नरोक्ने समझदारी बनेको छ। बाँकी जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाउने र दसैँअघि सबै जिल्लाले वडा र स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने सहमति भएको जानकारी नेता रामचन्द्र पौडेलले दिए। ‘अब दसैंअघि पालिका अधिवेशनमात्रै हुन्छ,’ उनले भने, ‘बाँकी त्यसपछि हुन्छ।’ पालिका तहको अधिवेशन असोज ९ गतेबाट सुरु हुने भए पनि आफ्नो अनुकूल जिल्लाहरुले मिति तलमाथि गर्नसक्ने भएका छन् । नागरिक दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here