डिस्को र दोहोरीमा १८ वर्षभन्दा कम उमेरकालाई प्रवेश रोक

515

काठमाडौं / काठमाडौंका मनोरञ्जनस्थल (डिस्को, दोहोरी साँझ, लाउन्ज बार) मा १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई रोक लगाइएको छ ।

प्रहरीले बालबालिकासम्बन्धी ऐन ०७५ लाई कडाइका साथ लागू गर्न थालेपछि काठमाडौंका मनोरञ्जनस्थल ९डिस्को, पब, दोहोरी साँझ, लाउन्ज बार० मा १८ वर्षभन्दा कम उमेरकाले प्रवेश गर्न नपाउने भएका छन् ।

प्रहरीका अनुसार नयाँ नियम जबर्जस्ती गरे बालबालिकासम्बन्धी ऐन २०७५, परिच्छेद ८, दफा ६६ को उपदफा ‘ख’ उल्लंघन गरेको मानिनेछ । कानुन उल्लंघन गरेको प्रमाणित भए कसुरदारलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुनेछ ।प्रहरीका अनुसार अब डिस्को, पब, दोहोरी साँझ या लाउन्ज बार जान चाहनेले अनिवार्य रूपमा उमेर खुल्ने कागजात सँगै बोक्नुपर्नेछ । सोही कागजातका आधारमा मनोरञ्जनस्थल सञ्चालकले उनीहरूलाई प्रवेश गर्न दिने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here