ललितपुर / चक्रपथ चल्ने बा.४.ख ७८८८ नम्बरको महानगर यातायातको बसमा सवार यात्रीको मोबाईल चोरी गर्ने पक्राउ गरिएको छ ।
काठमाडौं स्वयम्भू बस्ने दोलखा घर भएका २५ वर्षीय सुदिप खड्कालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त बसमा सेफ्टि पिनमा खटिएको प्रहरीले उनलाई चोरी गरेको ३ थान मोबाईल सहित पक्राउ गरेको हो ।


















