अब जाडोमा छाला सुख्खा हुनबाट बच्ने उपाय

719

जाडो बढेसंगै हाम्रो छालामामा विभिन्न प्रकारका समस्या देखापर्न सक्छन्। चिसो मौषमका कारण छाला सुख्खा हुने समस्या नै बढी हुन्छ।

चिसोले हाम्रो छाला यसै पनि सुख्खा हुन्छ जसले गर्दा चिलाउने बढ्छ। बच्चामा पनि छालाको समस्या आउन सक्छ। लुतो चाहिँ जाडोमा देखिन्छ किनकी अरु बेलाभन्दा जाडो मौसममा मानिस कम नुहाउँछ। जसले गर्दा यस्ता किसिमका समस्या देखिन सक्छ।

जाडोमा छालामा सुख्खापन बढ्ने हुन्छ। सुख्खा छालाले अनुहारमा एक प्रकारको अप्ठ्यारो महसुस हुन्छ । विशेषगरी गालाको भाग तथा मुखको वरिपरि सुख्खापन देखा पर्छ । अनुहार चिलाउनु सुख्खापनको पहिलो चरण हो । कुर्कुच्चा कडा भएको महसुस हुन्छ भने संक्रमणजस्तो अनुभव गर्न सकिन्छ ।

जाडोमा छाला सुख्खा हुने भएकाले छालामा कत्ला पर्छ। हात र खुट्टामा चिलाउने बढी हुन्छ। त्यसैले आफ्ना हात र खुट्टाको सुरक्षाको लागि तातो पानी र पञ्जा प्रयोग गर्नुपर्छ। सबैभन्दा राम्रो मोस्चराइजर लगाउँदा हुन्छ। जाडोमा छाला सुख्खा हुनबाट बचाउन मोस्चराइजर लगाउनुपर्‍यो। भ्यासलिन भएको मोस्चराइजर लगाउनुपर्छ। विज्ञापनमा जे देख्यो त्यही लगाउनुपर्छ भन्ने छैन किनकी सबै छालालाई त्यो उपयुक्त नहुन पनि सक्छ। कुनै साबुन प्रयोग गर्दा त्यसले एलर्जी गराउने सम्भावना बढी हुन्छ। मोस्चराइजर भएको साबुन प्रयोग गर्नुपर्छ।

घामबाट जोगाउने क्रिमहरु जाडोमा पनि उत्तिकै जरुरी छ। लगाउन परे जाडोमा क्रिम जेलयुक्तभन्दा क्रिमयुक्त लगाउन उपयुक्त हुन्छ। घाममा बस्ने हो भने मुख छोपेर बस्नुपर्छ। धेरै बेर बस्नुहुँदैन।  जाडोमा कत्ले रोग बढ्छ।

कसैलाई उनीको लुगाले पनि एलर्जी निम्त्याउने हुन्छ त्यसैले यसमा पनि अलि सावधानी अपनाउन जरुरी छ। जाडो तथा गर्मी दुवैमा छालाको समस्या आउँछ। आफ्नो छालामा कुनै समस्या आएको छ भने औषधि डाक्टरको सल्लाह मागेर मात्र लगाउँ, नत्र छाला बिग्रन सक्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here