वैज्ञानिक समाजवादको स्थापनाका लागि काल्पनिक समाजवाद विरूद्धको माक्र्स–एङ्गेल्सको सङ्घर्ष

245

– हुकुमबहादुर सिंह

काल्पनिक समाजवाद भनेको पूर्व माक्र्सवादी समाजवादको प्रमुख धारालाई वर्णन गर्नका लागि प्रयोग गरिएका शव्दहरू हुन् , जुन १८औ शताब्दीको अन्त्य र १९औ शताब्दीको पहिलो आधामा उत्पत्ति र विशिष्ट भए । काल्पनिकहरू भन्ने शब्द (कल्पनाको विचारबाट ल्याइएको थियो जसको अर्थ चीजहरूको अवस्थाको अनुमान थियो, जहाँ प्रत्येक चीज पूर्ण हुन्छ) र ‘समाजवाद’ पहिलो पटक १८३० को दशकमा लोकप्रिय बन्यो । तिनीहरूलाई विचारकहरूको एउटा समूहवारे वर्णन गर्न प्रयोग गरियो । जसले मानव स्वभावमा प्राप्त व्यक्तिवाद, स्वार्थीपन र प्रतिष्पर्धात्मक हटाएर एउटा बढ्ता समानतावादी आधारमा समाज रूपान्तरण गर्ने सिद्धान्त विकास गरे । ती चिन्तकहरू धेरै अथवा तिनीहरूका अनुयायीहरूले आदर्श समुदायहरू जहाँ सबै सदस्यहरूले सहकारीको आधारमा काम गर्दथे, बस्दथे र उनीहरूको कामको फलहरू बाँडफाँड गर्दथे । तिनीहरूले विश्वास गर्दथे कि यस्ता आदर्श समुदायहरूले उदाहरण प्रस्तुत गर्ने छन् ताकि समाजमा बा“कीले त्यसलाई अनुसरण गर्ने छन् । तिनीहरूले यसरी समाजवादको आफ्नो योजना निर्माण गर्नका लागि समाजमा वास्तविक प्रक्रियाहरूमाथि भर परेनन् ।

यसको अलवा तिनीहरूले सोंचेकी तिनीहरूका योजनाहरू र विचारहरूको वैज्ञानिक व्याख्या आफैमा जनतालाई बुझाउन र समाज परिवर्तन गर्न पर्याप्त थियो । काल्पनिक समाजवाद पु“जीवाद अन्तरगत मजदुर वर्गको उत्पीडन र शोषणको पहिलो सर्वोत्तम प्रतिक्रिया थियो । गरिखाने जनताले सामन्तवादलाई फ्याँक्नका लागि ज्यादै कठिन लडाई लडेका थिए । तै पनि पु“जीपतिहरूको स्वतन्त्रता, समानता र भाईचाराका नाराहरूको अर्थ स्वतन्त्रता केबल पु“जीपति वर्गका लागि थियो र गरिखानेहरूमाथिको शोषणलाई अझ घनिभूत गराउनु थियो ।

विभिन्न समाजवादी मान्यताहरू पुँजीपतिहरू र मजदुरहरूबीच उत्पन्न भईरहेको अन्तरविरोधहरूको परिणाम शोषण विरूद्धको एउटा विद्रोहका रूपमा उत्पन्न भएका थिए । तिनीहरूले यस्तो प्रणाली निर्माणका लागि प्रयास गरे जसले शोषितहरूलाई न्याय दिलाउन सक्दथ्यो । नयाँ समाजवादी सिद्धान्तहरूका लागि पु“जीवादी उत्पादनको अराजकता अर्को एउटा कारण थियो । काल्पनिक समाजवादीहरूले वुद्धिसंगत प्रणाली निर्माण गर्ने प्रयास गरे जसले सद्व्यवहार र सौहाद्रपूर्ण तरिकाले मानवजातीका आवश्यकताहरूलाई पुरा गर्न सक्दथे । तिनीहरूमध्ये केहीले त पु“जीपतिहरू र सरकारी अधिकारीहरूलाई सम्झाउन कोशिस पनि गरे कि, उनीहरूको समाजवादी प्रणालीहरू जहा“ ज्यादा बुद्धिसंगत र योजनावद्ध र त्यसकारणले भइरहेका पु“जीवादी प्रणालीभन्दा अनुकुल थियो । तिनीहरूले उनीहरूको परियोजनाहरूलाई धनीहरूबाट पैसा लिन यसरी पनि कोशिस गरे ।

पूर्व माक्र्सवादी समाजवादीहरू जसलाई काल्पनिक समाजवादी भनिन्छ, तिनीहरूका मान्यताहरूको प्रमुख खरावी यो थियो कि तिनीहरू संग समाजमा बाहिर नआएका वर्ग अन्तरविरोधहरू र वर्ग सङ्घर्षहरूमा वास्तविक रूपले आधारित थिएन । यद्यपि तिनीहरूका विचारहरू समाजभित्रका वर्गसङ्घर्षहरूका आफैमा उत्पादन थिए । काल्पनिक समाजवादीहरूले त्यसलाई महशुस गरेनन् कि समाजवाद प्राप्त गर्नका लागि वर्गसङ्घर्ष पूर्णतः आवश्यक थियो । तापनि उनीहरूका विचारहरू सही मानेमा वालक सर्वहाराको उत्कट चाहनाहरूको एउटा परावर्तन थियो, काल्पनिक समाजवादीहरूले समाजवाद ल्याउनमा सर्वहाराको क्रान्तिकारी भूमिकाको केन्द्रीय महत्व स्विकार गरेनन् ।

जब माक्र्स र एङ्गेल्स समाजवादी कम्युनिष्ट समूहहरूसंग सम्पर्कमा आउनु भयो, उहाँहरूले काल्पनिक समाजवादका अनुयायीहरूलाई उनीहरूका विचारहरूको असान्दर्भीकताका वारेमा सम्झाउने कोशिस सुरू गर्नु भयो । उहा“हरूले विभिन्न क्रान्तिकारी र मजदुर वर्ग समूहहरूमा चल्ने बहस र छलफलमा निरन्तर गहन रूपले भाग लिदै जानु भयो, जहा“ ती सिद्धान्तहरू र विचारहरू बहस र छलफल गरिने गरिन्थ्यो । उहाँहरूको प्रमुख लक्ष्य समाजवादी सिद्धान्तलाई वैज्ञानिक आधार दिनु थियो । यसका लागि उहाँहरूले पहिलेका समाजवादीहरूका खरावीहरू र गलत सोंचाइहरूलाई भण्डाफोर गर्दै खुलस्त पार्नु थियो र समाजवादलाई वर्गसङ्घर्षको माक्र्सवादी सिद्धान्तको ठोस आधारमा स्थापित गर्नु थियो । किनभने माक्र्स आफैले वर्गसङ्घर्षको सिद्धान्त आफूद्धारा कुनै नयाँ चीज पत्ता लगाइएको थिएन भनेर भनिसक्नु भएको थियो । वास्तवमा पहिलेका समाजवादीहरू र पुँजीवादी लेखकहरू समेत यसवारे धेरै सचेत थिए र वर्गसङ्घर्ष र वर्गहरूवारे उनीहरूले निकै लेखेका थिए । ता पनि वर्गसङ्घर्षको माक्र्सवादी सिद्धान्तको अत्यावश्यक फरक यो हो कि यसले (वर्गसङ्घर्षले) समाजवाद र साम्यवादतर्फ अनिवार्य त लैजान्छ ।

माक्र्सले देखाउनु भयो कि प्रथम, वर्गहरू यस्ता चीज होइनन् जो मानव समाजमा सधैभरी अस्तित्वमा छन् । उहाँले देखाउनु भयो कि मानव इतिहासमा एउटा लामो अवधि थियो जब त्यहाँ कुनै पनि वर्गहरू थिएनन् (आदिम साम्यवादको अवधिमा) भविश्यमा पनि एउटा अवधि हुनेछ जब त्यहाँ फेरि वर्गहरू हुने छैनन् । दोस्रो, माक्र्सले खासगरी वर्तमानको सर्वहारा र पुँजीपतिबीचको सङ्घर्षको विश्लेषण गर्नु भयो र देखाउनु भयो कि कसरी यो वर्गसङ्घर्षले मजदुरद्वारा क्रान्तितर्फ अनिवार्यरूपले लैजाने छ र सर्वहारा वर्गको अधिनायकत्व, त्यो भनेको समाजवादको स्थापना गर्ने छ । तेस्रो, माक्र्सले देखाउनु भयो कि, यो सर्वहारा वर्गको अधिनायकत्व आफैमा संक्रमणको एउटा अवधि थियो । सर्वहाराले एउटा वर्गका रूपमा आफैलाई र सवै वर्गहरूलाई ध्वस्त पारेर एउटा वर्गविहीन समाज, जसलाई साम्यवाद भनिन्छ, को स्थापना गर्दै विकास गर्न सक्ने छ ।

वर्गसङ्घर्षको यो सिद्धान्त हो, जसलाई माक्र्स र एङ्गेल्सले विकास गर्नु भयो, प्रचारप्रसार गर्नु भयो र आफ्नो जीवनभर व्यवहारमा लागु गर्नु भयो । वर्गसङ्घर्षको यो नै माक्र्सवादी सिद्धान्त हो, जसले समाजवादलाई विज्ञानमा बदलि दियो, जसले वैज्ञानिक समाजवादको आधार बसाल्यो । यसले गर्दा समाजवाद लामो समयसम्म केही चलाख दिमागको उपजको रूपमा हेरिएन, बरू यो सर्वहारा र पुँजीपति– यी दुई ऐतिहासिक रूपले विकसित वर्गहरूबीच सङघर्षको अत्यावश्यक उपलब्धी भयो । वैज्ञानिक समाजवादको कारणले समाजवादीहरूको कर्तब्य काल्पनिक समाजवादीहरूले जे गर्न कोशिस गरेका थिए त्यस्तै समाजको एकदमै पूर्ण, हार्मेनियस र तर्कसंगत प्रणालीको विकास गर्नका लागि कोशिस सिवाय केही थिएन । वैज्ञानिक समाजवाद अन्तरगत समाजको विश्लेषण गर्नु, इतिहासको र समाजका वर्ग अन्तरविरोधहरूको विश्लेषण गर्नु थियो र यो आर्थिक आधारबाट सबै वर्गीय विवादको अन्त्य गर्ने मार्ग पत्ता लगाउनु थियो र समाजवाद र साम्यवाद ल्याउनु थियो ।

माक्र्सवादी समाजवादी सिद्धान्तको वैज्ञानिक स्पष्टता यति महान थियो कि सन् १८४० को दशकका विभिन्न समाजवादी र कम्युनिष्ट संगठनहरूमा बहुसंख्यक इमान्दार तत्वहरूले तुरून्तै पूर्व माक्र्सवादी समाजवादको वर्गहीन विभिन्नताहरूलाई इन्कार ग¥यो । माक्र्स र एङ्गेल्स छिट्टै समाजवादी आन्दोलनभित्रका वैज्ञानिक नेताहरू बन्नु भयो । जव सन् १८४७ मा विभिन्न देशहरूका मजदुरहरू, बुद्धिजीवीहरू र क्रान्तिकारी समाजवादी समूहहरूलाई एकत्रित गर्दै एउटा नया“ अन्तराष्ट्रिय संगठनको गठनमार्फत उहा“हरू तुरून्तै यसका नेताहरू हुनु भयो । उहाँहरूले यसको नाम ‘द कम्युनिष्ट लिग’ भनेर सुझाव गर्नु भयो र उहाँहरूले नै यसको कार्यक्रम ड्राफ्ट गर्नका लागि उक्त समूहले उहाँहरूलाई नै नियुक्त ग¥यो । यो कार्यक्रम नै विश्वको ऐतिहासिक कम्युनिष्ट घोषणापत्र हो ।

कम्युनिष्ट घोषणापत्र अन्तर्राष्ट्रिय सर्वहाराको पहिलो कार्यक्रम र सामान्य लाइनमात्रै थिएन, यसले वैज्ञानिक समाजवादको आधारभूत सिद्धान्तहरू र समाजवादका सबै अन्य प्रकारका पद्धति स्थापित ग¥यो । यसका विभिन्न भाषाहरूमा छिटो अनुवादसंगै घोषणापत्रले तुरून्तै युरोपभर र अनि विश्वभर माक्र्सवादी वैज्ञानिक समाजवादका आधारभूत विचारहरूलाई फैलायो । यो दस्तावेजमा उल्लेख गरिएका सिद्धान्तहरू १ सय ७० वर्षभन्दा बढी आजका दिनसम्मका लागि सान्दर्भिक रहेका छन् । वैज्ञानिक समाजवादको स्थापनाका लागि काल्पनिक समाजवाद विरूद्धको माक्र्स–एङ्गेल्सको सङ्घर्षको यो ऐतिहासिकताले क्रान्तिकारी माक्र्सवादीहरूका लागि कति महत्व राख्दछ, स्पष्ट हुन्छ । [email protected]  जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here