चीनको एक कोठामा तीनवटा सर्प र एकजनाको मृत पुरुष फेला परेपछि यसको रहस्य खुलेको हो । होटल स्टाफले बोलाएपछि अनुसन्धानका लागि सातजना फायरम्यान घटनास्थलमा आइपुगे । उनीहरूको अनुसन्धानमा पत्ता लाग्यो, सर्प लिएर आउने मानिसको कुकर्मको रहस्य । मृत फेला परेका व्यक्तिले युवती बलात्कार गर्न संसारकै विषालु सर्प प्रयोग गरेका हुन् । युवतीलाई तर्साउनका लागि उक्त व्यक्तिले कोठामा सर्प ल्याएको खुलेको छ । फायरफाइटरहरूका अनुसार, उनीहरूले भेटेको सर्प संसारको सबभन्दा विषालुमध्ये एक हो । उनीहरू कोठामा पुग्दा सर्प ल्याउने मानिसको मृत्यु भइसकेको थियो ।
शियाओ हुआ नामक महिलाले प्रहरीसमक्ष बयान दिँदै एक व्यक्तिले आफूलाई साँझ ५ बजे होटलको कोठामा लगेको जनाइन् । उनी कोठामा छिर्नेबित्तिकै उक्त व्यक्तिले तीनवटा सर्प बाहिर निकाले र त्यही देखाएर तर्साउँदै बलात्कार गरे । राति तिनै सर्पले ती व्यक्तिलाई टोके । सर्पले टोकिएपछि उपचार गराउनुको साटो ती पुरुष ओछ्यानमा सुतेको महिलाको भनाइ छ । आधी रातमा शियाओ होटलबाट घर गइन् । अनि उनी परिवारसँगै प्रहरीसमक्ष उजुरी गर्न गइन् । पोस्टमार्टममा उक्त व्यक्तिको मृत्यु सर्पले टोकेर नै भएको पाइयो ।


















