ऊर्जामन्त्रीमाथि अख्तियारको निगरानी

186

काठमाडौं/ ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री टोपबहादुर रायमाझी अख्तियारको निगरानीमा रहेको स्रोतले जनाएको छ । तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीको पदचिह्नलाई पछ्याउादै रायमाझीले विद्युत् खरिद सम्झौतामा गलत निर्णय गर्ने तयारी गरिरहेकाले उनी अख्तियारको निगरानीमा परेका हुन् ।
यही जेठ २ गते पीपीए गर्ने म्याद सकिएको ५२ मेगावाट क्षमताको लिखु जलविद्युत् आयोजना र अर्को खारेजी प्रक्रियामा ९० दिनको सूचनासमेत पाइसकेको ५० मेगावाटको वलेफी जलविद्युत् आयोजनालाई ब्युाताएर आर्थिक चलखेल गर्न खोजिएको आशंका अख्तियारले गरेको सम्बद्ध स्रोतले जनाएको छ । यी दुवै आयोजनाको विद्युत् खरिद सम्झौताको म्याद थप्ने कसरतमा लाग्दा लाग्दै अख्तियारको कारबाहीमा परी तत्कालीन मन्त्री राधा ज्ञवाली पदच्यूत भएपछि म्याद थप्न नपाएका र हाल मन्त्री रायमाझीलाई जलमाफियाहरूले आफ्नो जालमा फसाएर कार्य सम्पन्न गराउादै छन् भनी जानकारी प्राप्त भएको छ । म्याद थप्नका लागि मन्त्री रायमाझीले मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा समिति समेत गठन गरिसकेको मन्त्रालय स्रोतले जनाएको छ । यसबारे ऊर्जामन्त्री रायमाझीसाग बुझ्न प्रयास गर्दा सम्पर्क हुन सकेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here