१० वर्षीया बालीका बलात्कार गर्ने बलात्कारीलाई आजीवन कारावास

307

पोखरा / पोखरा जिल्ला अदालतले १० वर्षीया बालीका बलात्कार गर्ने एक बलात्कारीलाई आजीवन कैदको फैसाला सुनाएको छ ।

अदालतले २७ वर्षीय कुसुम पौडेललाई आजीवन कैदको फैसाला सुनाएको हो । स्याङ्जा स्थायी घर भई पोखरामा बस्दै आएका पौडेल मंसिर १७ गते बालिका श्रेया सुनारको बलात्कारपछि हत्यामा दोषी ठहर भएका थिए ।

कास्की जिल्ला अदालतका श्रेस्तेदार जगन्नाथ पौडेलका अनुसार न्यायाधीश योगेन्द्रप्रसाद शाहको इजलासले बुधबार पौडेललाई जीवनभर थुनामा राख्न आदेश दिएको जनाए ।

पौडेलले श्रेयामाथि बलात्कार गर्न खाजेको र नमानेपछि हत्या गरेको स्वीकारेका थिए । श्रेयाले प्रतिकार गर्न खोज्दा झाडीमा धकेलेर ढुङ्गा प्रहार गरी हत्या गरेको कुसुमले प्रहरी सामु बयान दिएका थिए । असोज १० गते हत्या आरोपमा कुसुम पक्राउ परेका थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान को पोस्टमार्टम रिपोर्टअनुसार बालिकाको बलात्कार भएको र टाउकोमा गम्भीर चोट लागेर मृत्यु भएको प्रमाणित पनि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here