पुस १५ बाट श्रम स्वीकृति प्रदेशबाटै

433

काठमाडौं / अब प्रदेशस्तरबाटै वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिन सक्ने भएको छ । आगामी पुस १५ गतेदेखि वैदेशिक रोजगारको लागि पुनः श्रमस्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने काम सुरु हुने पक्का भएको छ ।

श्रम स्वीकृति अब प्रदेशस्तरबाटै लिन पाउने भएपछि काठमाडौं आउनु पर्ने समस्या हट्ने र सहज रुपमा सेवाग्राहीले सेवा लिन पाउने भएका छन् । अहिलेसम्म काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयबाट मात्र श्रम स्वीकृति दिँदै आएको छ ।

अब प्रदेशस्तरबाटै अर्थात विराटनगर, धनुषा, पोखरा बुटवल, सुर्खेत र धनगढीका श्रम कार्यालयबाट नै श्रम स्वीकति लिन पाइनेछ ।

कार्यालयहरुमा टोकनसहितको सहज श्रम स्वीकति लिने व्यवस्था मिलाउने योजना मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here