माओवादी केन्द्रको राष्ट्रिय भेलाबाट गर्न सकिने अपेक्षा

152

 जनयुद्धका बेला पार्टीले उठाएका एजेण्डा छोडेको भन्दै पार्टीभित्र बढ्दै गएको  असन्तुष्टिले पार्टी दशाौ चिरामा विभक्त हुादा समेत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने बेलगाम अघि बढिरहनु भएको आरोप उहाामाथि लागिरहेको छ । पहिलो संविधानसभामार्फत सबैभन्दा ठूलो बनेको आफ्नो पार्टी गुट र फुटको शिकार बन्दै तेस्रो दलको रुपमा मात्र खुम्चिएको छैन, आउने निर्वाचनमा हालको अवस्थामा समेत नरहने त्रासबीच पार्टी कार्यकर्ताहरु चिन्तित देखिन्छन् । तर अध्यक्ष प्रचण्डले भारतपरस्तको आरोप लाग्दै आएका दलहरुभन्दा पनि एक कदम अघि बढेर नेपालको सार्वभौमसत्तालाई छिमेकी मुलुक भारतको मातहतमा रहने किसिमको सम्झौता गरेको आरोप उहाामाथि लाग्नु दुर्भाग्यपूर्ण मान्नुपर्दछ । उहााले नेतृत्व गरिरहेको सरकारले गर्ने कामका आधारमा आगामी दिनमा उहाासगौ उहााले नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रको भविष्य समेत जोडिएको विषयलाई नजरअन्दाज गर्दै प्रचण्डले भारत भ्रमणमा गरेको सम्झौताले उहाा र उहााले नेतृत्व गरिरहेको दलको भविष्य त अनिश्चिततातर्फ धकेलिएको छ नै सागै दश वर्षसम्म माओवादीले गरेको आन्दोलन र त्यस क्रममा उठाइएका एजेण्डाहरुको औचित्यमाथि समेत प्रश्नचिन्ह लाग्न पुगेको छ ।

माओवादी आन्दोलनबाट जनता र मुलुकले ठूलो उपलब्धि गर्ने अपेक्षाबीच माओवादी आन्दोलनका अगुवाहरुले पछ्याइरहेको बाटो र कार्यशैलीका कारण समग्र माओवादी र कम्युनिष्ट आन्दोलन नै बद्नाम हुने अवस्थाबाट गुज्रिरहेको छ । ठूलो बलिदानी र त्यागबाट जन्मिएको माओवादी र उक्त दलका अगुवाहरु भने त्यसलाई नजरअन्दाज गर्दै व्यक्तिगत र तत्कालीन फाइदालाई केन्द्रमा राखेर काम गरिरहेको देखिन थालेको छ । विगतमा नेपालको सार्वभौमसत्ता र स्वतन्त्रता सबैभन्दा बढी जोखिम भारतबाट रहेको तथा नेपाली जनतालाई अधिकारबाट वञ्चित गराउने दोष नेपाली कांग्रेस र एमाले लगायतका दललाई लगाउादै आएको माओवादी नेतृत्वले हाल भारतसाग गरेको सम्झौता र नेपाली कांग्रेससाग गरिरहेको सत्ता साझेदारीले माओवादीको  भनाइ र गराइमा एकरुपता नभएको पुष्टि भइरहेको छ ।

यसैबीच सत्ताको नेतृत्वकर्ता दल माओवादी केन्द्रले छिट्टै राष्ट्रिय भेलाको समेत आयोजना गर्दै छ । सबैको चासोको केन्द्र बनिरहेको उक्त भेलाले माओवादी केन्द्रले हाल गरिरहेका गल्तीलाई सच्याउन वा खबरदारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आम अपेक्षा पाइन्छ । उक्त भेलाले अध्यक्ष प्रचण्डबाट सरकार प्रमुखका हैसियतबाट गरेका कामहरुलाई राम्रो गरिरहेको भनी पुष्टि गर्नुपर्ने र  गल्ती भयो भनी हाल भइरहेको प्रचारलाई जवाफ दिन सक्नुपर्छ । अन्यथा नेतृत्वबाट गल्ती भएकै हो भन्ने निष्कर्ष सहित नेतृत्वलाई खबरदारी गर्ने तथा लगाम लगाउने प्रयास पनि गर्नु पर्दछ ।  तथापि पार्टीका अधिकांश नेताहरुमा बढ्दै गएको तीव्र महत्वाकांक्षा तथा पद र पुाजीप्रतिको लोभका कारण प्रधानमन्त्री प्रचण्डको गल्तीलाई सही भन्नेहरुको संख्या पनि पार्टी भित्र उत्तिकै बढी देखिन्छ । त्यसैले नेतृत्वको गल्तीलाई गलत भन्न सक्ने नेता कार्यकर्ताहरुको संख्या उल्लेख्य हुन्छ भन्नेमा आशंका छ । यद्यपि अहिले पनि कतिपय नेता कार्यकर्ताहरुमा माओवादी आन्दोलनको स्प्रिट यथावत् देखिन्छ । उनीहरुले नेतृत्वले गरेको गल्तीलाई सच्याउन र लगाम लगाउन आवाज उठाउने छन् । यस सत्यलाई स्वीकार्दै सम्पूर्ण नेता कार्याकर्ताहरु एकढिक्का हुादै नेतृत्वलाई सच्चिन दबाब दिने र बेलगाम हुनबाट रोक्ने प्रयास हुनसकेमा मात्र भविष्यमा पनि माओवादी आन्दोलनको औचित्यले निरन्तरता पाउनेछ । अन्यथा  चौतर्फी रुपमा माओवादी आन्दोलनमाथि प्रहार भइरहेका बेला नेतृत्वले पनि आन्दोलनको मर्मविपरीत काम गर्दै जाने र अन्य नेता कार्यकर्ताहरुले पनि सत्य र गलत नछुट्याई थपडि पिट्दै हिाडेमा माओवादी पार्टीसागै माओवादी आन्दोलनको पनि दु:खद अन्त्य हुनेछ । यस्तो गम्भीर विषयलाई पार्टीको राष्ट्रिय भेलाले गम्भीर रुपमै सम्बोधन गरोस् । यसमै माओवादी आन्दोलन र माओवादी केन्द्रको हित हुनेछ । शुभकामना !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here