मन्दिरबाट विभिन्न धनमाल चोरी

98

भक्तपुर । सूर्यविनायकनगरपालिका-७ गुण्डु कार्की गाउँस्थित लिखु नारायण मन्दिरबाट २ वटा चन्दा पेटिकाबाट नगद २ हजार ४ सय रुपैयाँ, तामाको घैला ९ थान, पित्तलको पानस २ थान, तामाको पुजा थाली २ थान, तामाको दियो २ थान, तामाको जल धारा १ थान, घण्टी १ थान, तामाको पन्च मुकुट १ थान गएराति चोरी भएको छ ।

उक्त मन्दिरको मुल ढोकाको ताला अपरिचित व्यक्तिहरूले फुटाई उक्त सामान चोरी गरी गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here