चोरी व्यापार प्रहरीको कब्जामा

145

बारा / ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले बाराको सिमानाबाट अवैधरुपमा भन्सार छली ओसारपसार गरेका करिब ५ लाख २८ हजार २ सय रुपैयाँ बराबरको सामान बुधबार बरामद गरेको छ ।

नेपालबाट भारततर्फ लैजादै गरेका तथा भारतबाट नेपाल ल्याउदै गरेका उक्त रूपैयाँ मुल्य बराबरका विभिन्न रेडिमेड कपडा, किराना सामानहरु, मदिरा र मोटरसाइकल ९ थान बरामद गरी प्रहरीले आवश्यक कारबाहीको लागि मूल भंसार कार्यालय बीरगंज पर्सामा बुझाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here