सुनको मूल्यमा सामान्य वृद्धि

23

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बुधबार एक औंस सुनको मूल्य दुई हजार ६ सय ७५.१८ अमेरिकी डलर कायम भएको छ।

स्थानीय बजारमा प्रतितोला सुनमा रु. चार सयले वृद्धि भएको छ। अघिल्लो दिन सोही परिमाणको पहेँलो धातु रु. एक लाख ५५ हजारमा खरिद–बिक्री भएको थियो। आज एक तोला सुनको मूल्य रु. एक लाख ५५ हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, चाँदीको मूल्य प्रतितोलामा रु. १० ले बढेको छ। आजका लागि प्रतितोला चाँदीको मूल्य रु. एक हजार ८३० निर्धारण भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here