अमेरिकामा २८० जना आप्रवासी गिरफ्तार

220
In this Tuesday, Feb. 7, 2017, photo released by U.S. Immigration and Customs Enforcement shows foreign nationals being arrested this week during a targeted enforcement operation conducted by U.S. Immigration and Customs Enforcement (ICE) aimed at immigration fugitives, re-entrants and at-large criminal aliens in Los Angeles. Immigrant advocates on Friday, Feb. 10, 2017, decried a series of arrests that federal deportation agents said aimed to round up criminals in Southern California but they believe mark a shift in enforcement under the Trump administration. (Charles Reed/U.S. Immigration and Customs Enforcement via AP)

एजेन्सी / अमेरिकाको टेक्सास राज्यमा सञ्चालित एक प्रविधि कम्पनीमा कार्यरत २८० जनाभन्दा बढी कर्मचारीलाई अमेरिकी आप्रवासन अधिकारीहरुले गिरफ्तार गरेका छन् । एक दशकयता अमेरिकी इतिहासमै कुनै कम्पनीबाट यतिठूलो संख्यामा कामदारहरु धरपकड गरिएको यो पहिलो पटक हो । अमेरिकी आप्रवासन तथा भन्सार कार्यालयका अनुसार सङ्घीय जाँच एजेन्टहरुले बुधबार टेक्सासस्थित सीभीई टेक्नोलोजी ग्रुपमा कार्यरत २८० जना कर्मचारीलाई पक्राउ गरेका हुन् । यो कम्पनी डल्लासबाट करिब २४ किलोमिटर उत्तरपूर्वको अलेनमा रहेको छ । सङ्घीय जाँच एजेन्सीले गैरकानुनी रुपमा अमेरिकामा बसोबास गरिरहेका व्यक्तिहरु उक्त कम्पनीमा कार्यरत रहेको दाबी गरेको छ, तर पक्राउ परेका व्यक्तिहरुका बारेमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

एजेन्सीले गैरकानुनी रुपमा अमेरिकामा बसोबास गरिरहेका व्यक्तिलाई काममा लगाएको सूचनाका आधारमा छापा मारेको जनाएको छ । सीभीईमा कार्यरत येसेनिया पोन्सले सङ्घीय जाँच निकायले गरेको धरपकड निकै कहालीलाग्दो रहेको बताउँदै सहकर्मीहरुलाई पक्राउ गरिएको विरोधमा प्रदर्शन समेत भएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here