एसईई प्रश्‍नपत्र आउट गर्ने ६ जना पक्राउ

183

काठमाडौ, प्रदेश नं. २ मा गत चैत १४ र १५ गतेको विज्ञान र अनिवार्य सामाजिक अध्ययन बिषयको एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा बिहीबार आयोजित पत्रकार सम्मेलन मार्फत उनीहरुलाई सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका(१० का २२ वर्षीय ब्रम्हदेव सुनरैत, सोही नगरपालिकाका २८ वर्षीय बिष्णुदेव यादव, सोही नगरपालिका(१६ का २८ वर्षीय मनोज यादव, हनुमाननगर कंकालिनी नगरपालिका(१ का १७ वर्षीय राजेश यादव, सोही नगरपालिकाका १७ वर्षीय उमेश यादव र कंचनरुप नगरपालिका(६ का २५ वर्षीय दिपेन्द्रकुमार मण्डल रहेका छन् ।
प्रारम्भिक अनुसन्धान तथा सोधपुछका क्रममा उक्त प्रश्नपत्र बिष्णुदेव यादवले पहिले मनोजलाई, मनोजले राजेशलाई दिएको तथा राजेशले उमेशलाई दिएको र क्रमश अन्य बिद्यार्थीहरुमा पुगेको खुल्न आएको सो अवसरमा जानकारी दिइयो । साथै सोधपुछका क्रममा बिष्णुदेव यादवले आफ्नो भाई ब्रम्हदेव सुनरैत मार्फत उक्त प्रश्नपत्र प्राप्त गरेको बताएका छन् । बिद्यार्थीहरुलाई प्रश्नपत्र उपलब्ध गराउँदा केही रकमको लेनदेन समेत भएको सोही पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पक्राउ परेका ६ जनाले प्रयोग गर्ने मोबाइल र सामाजिक संजालहरुको प्राविधिक बिश्लेषण गर्ने कार्य भइरहेको तथा उनीहरुलाई अपराधको गम्भीरता हेरी प्रचलित कानुन बमोजिम कारवाही अगाडि बढाइएको समेत सोही अवसरमा जानकारी गराइएको छ । यसअघि सामाजिक सञ्जालमा प्रश्नपत्र बाहिरिएको घटनाको अनुसन्धानको लागि बोर्डको निर्णय गरी अनुसन्धान कार्यको लागि गृहमन्त्रालय मार्फत केन्द्रीय अनुसन्धान ब्यूरोलाई आग्रह गरिएकोमा सोही क्रममा प्रादेशिकरस्थानीय स्तरबाट २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त अनुसन्धान टोलीले सकृय भई अनुसन्धान कार्य सुरु गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here