आज हावा हुरी सहित वर्षाको सम्भावना

657

काठमाडौ, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभरका धेरैजसो भू भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । पुर्वी तथा मध्य भूभागका केहि स्थानमा र पश्चिमी भुभागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको महााखाले जनाएको छ। तराइका सिमानामा र पश्चिमी पहाडका थोरै स्थानमा हल्का हावा हुरि चल्ने संभावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का हिमपातको संभावना पनि रहेको छ।

त्यस्तै शुक्रबार राती देशको पुर्वी र मध्य भुभाग लगायत पश्चिमी पहाडी भू भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी तथा मध्य भूभागका थोरै स्थानमा, पश्चिमी भुभागका केही स्थानहरुमा मेघ गर्जन साथ हल्का देखि मध्ययम वर्षाको संभावना रहेको छ । पुर्व र मध्य तराइका सिमानामा हल्का हावा हुरि चल्ने संभावना रहेको र उच्च हिमाली भू भागहरुका केहि स्थानहरुमा हल्का हिमपातको पनि संभावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here