चीन विरोधी गतिविध हुन दिदैनौँः गृहमन्त्री थापा

155

काठमाडौँ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध भएको बताएका छन् । थापाले नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । नेपालका लागि चिनियाँ राजदुत यु होङले गरेको शिष्टाचार भेटवार्ता गृहमन्त्री थापाले यस्तो बताएका हुन् ।
गृहमन्त्रालयमा भएको भेटमा नेपाल–चिन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा केन्द्रीत रहेको थियो ।
आफ्नो कार्यकाल सकेर केही दिनमै स्वदेश फर्कन लागेकी राजदुत होङलाई गृहमन्त्री थापाले नेपालमा उनको सफल कार्यकालका लागि धन्यवाद व्यक्त गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरे ।
राजदुत होङले आफ्नो कार्यकालमा नेपाल र चीनबीच सम्बन्ध बिस्तारका लागि महत्वपुर्ण भूमिका खेलेको भन्दै गृहमन्त्री थापाले उनको कार्यकालमा नेपाल र चिनबीच महत्वपूर्ण सम्झौताहरु सम्पन्न भएकोमा खुशी व्यक्त गरिन् । भेटमा गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण, तालिम र सशस्त्र प्रहरी बलको तालिम केन्द्र निर्माणका लागि चिनले गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तता पाउने विश्वाँस व्यक्त गरे ।
भेटमा राजदुत होङले आफ्नो नेपाल बसाई सुखद रहेको भन्दै आफू स्वदेश फर्किएपछि पनि नेपालको विकासका लागि सक्दो पहल गरीरहने प्रतिवद्धता व्यक्त गरिन ।
उनले नेपाली सुरक्षा निकायलाई चिन सरकारबाट प्रदान गरिने सहयोग, तालिम र उपकरण आगामी दिनमा पनि निरन्तर रहने प्रतिवद्धता व्यक्त गरिन । भेटमा होङले नेपालमा चिन विरोधी गतिविधि नियन्त्रणका लागि गृहमन्त्रालयले खेलेको भूमिका प्रशंसनिय रहेको बताइन् । उनको कार्यकालमा वान बेल्ट वान रोड(ओबिओआर)मा नेपालले हस्ताक्षर गरेको, नेपाल र चिनबीच यातायात तथा व्यापार सम्झौता लगायतका महत्वपूर्ण कार्य भएको विषयमा भेटमा छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here