‘एनएफडीसी’को २७ रोपनी जग्गा कहाँ गयो ? – नायिका करिश्मा

174

चर्चामा आइरहने कलाकार मध्य एक हुन् अभिनेत्री करिश्मा मानन्धर । समाज र देशको सेवामा निरन्तर लागिपर्ने अठोट लिएकी उनले सामाजिक सञ्जाल मार्फत प्रश्न उठाएकी छिन् ।

‘केही बर्ष अगाडिसम्म पनि बालाजुमा रहेको एनएफडीसी परिसरमा पुग्दा चलचित्रकर्मीले नै गर्व गर्ने ठाउँ थियो । चलचित्र क्षेत्रको विकास प्रबर्द्धनको लागि उपलब्ध गरिएको थियो जाँहा नेपाली चलचित्रले आफ्नो शैशव काल बिताउदै आजको यात्रा सम्म आइपुगेको छ । पर्दामा देखिने कलाकार देखि युनिट लाई चिया बाड्ने स्पोट बोइ सम्मको दिन रात तेहि बित्थियो हरेक चलचित्र कर्मिले आफ्नो घर जस्तो महसुस गर्ने ठाँउ थियो । ‘

ठूलो क्षेत्रफलमा फैलिएको स्थानमा इनडोर स्टूडियो थियो । चलचित्र प्रशोधनको ल्याबदेखि पुराना चलचित्रका नेगेटीभ सबै थिए । तर, अहिले सो स्थानको जग्गा खुम्चिएर ६. ७५ रोपनीमा आइपुगेको छ । सरकारले काठमाण्डौमा इनडोर स्टूडियो बनाउने योजना अघि सारेको छ तर, यसका लागि बालाजुको जग्गा अहिले पर्याप्त छैन । यसै विषयलाई लिएर करिश्माले बिगतमा नेपाली चलचित्रले आफ्नो शैशव काल बिताएको ठाउँ जहाँ सुटिङका निमित्त आवस्यक हरेक उपकरण भवन र खुल्ला स्थान थियो तर त्यस सार्वजनिक सम्पतीलाई कानुन विपरित उपभोग गर्दै बेचबिखनसम्म गरेको र यसको लागी आजसम्म कसैले आवाज नउठाए पनि अब आफु बोल्ने आषय व्यक्त गरेकी छिन् ।

तत्कालिन लिज होल्डर डीबी थापाले उद्धव पौडेललाई लिजमा बेच्नुभयो । त्यसपछि न त्यो ठाउँको संरक्षण भयो, न सिनेमाका काम जसरी हुन्थ्यो त्यो नै भयो ।’ उनले आज आफूले अब त्यहाँको जग्गा लिजमा मात्र होइन, सबै बेचविखन भएको आफूले सुनेको भनेर पनि उल्लेख गरेकी छिन् । साथै त्यहाँ रहेका पुराना नेपाली चलचित्रका नेगेटिभहरु तेहि छन जुन नेपाली चलचित्रको इतिहास हो संरक्षण हुनुपर्ने बताउदै, सरकारी सम्पत्ती कसरी बेचविखन भयो भनेर उनले तुरुन्तै छानविनको माग समेत गरेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here