भारतीय जनता पार्टीको कडा आलोचना गर्दै पाकिस्तानी प्रधानमन्त्री खान

107

काठमाडौं / पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी बीजेपीलाई मुस्लिम तथा पाकिस्तानी विरोधी राजनीतिक दलको संज्ञा दिएका छन् ।

खानले सन् २००८ मा भएको मुम्बई हमलाका आक्रमणकारीहरुलाई कारबाही गरिरहेको जानकारी गराउँदै मुम्बई हमलाका योजनाकारहरुलाई कठघरामा ल्याउँदा पाकिस्तानको पनि हित हुने जानकारी दिएका छन् ।

खानका अनुसार मुम्बई हमला आतंकवादी हमला भएको हो र यसका योजनाकारहरुलाई कारबाही गर्दा पाकिस्तानलाई पनि फाइदा पुग्ने दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here